२०८१ माघ ८ गते मङ्गलवार

सबै दृष्टिविहिनले ‘क’ वर्गको परिचयपत्र नपाउने


दाङ, १५ साउन ।
चालू आर्थिक वर्षदेखि दृष्टिविहीन सबैलाई ‘क’ वर्गको परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निणर्य नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ ।

७ सय ५३ वटै स्थानीय तहले दृष्टिविहीनहरूको दृष्टि पहिचान गरेर कुन वर्गको परिचयपत्र दिने निणर्य गर्ने भएकाले सबैलाई ‘क’ वर्गको परिचय पत्र दिने हल्लाको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ ।

विभागका निर्देशक सागरमणि पाठकले स्थानीय निकायले गरेको सिफारिसका आधारमा दृष्टिविहीनहरूलाई ‘क’ र ‘ख’ वर्गको परिचयपत्र दिने र त्यही अनुसार सामाजिक सुरक्षा भत्ता दिने बताउनुभयो ।

सरकारले ‘क’ वर्गको दृष्टिविहीनको लागि ३ हजार ९ सय ८९ रुपैयाँ र ‘ख’ वर्गको दृष्टिविहीनका लागि २ हजार १ सय २८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस