२०८० फाल्गुन २१ गते सोमवार

स्कुल बसबाट ओर्लदा टायरमा परेर बालिकाको मृत्यु


दाङ, १४ साउन ।
दाङमा विद्यालयबाट घर फर्कने क्रममा स्कुल बसबाट ओर्लदा टायरमा परेर एक बालिकाको मृत्यु भएको छ । बसबाट ओर्लने क्रममा बस चलेपछि बसको पछाडिको टायरमा पर्दा गढवा गाउँपालिका ७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापाको मृत्यु भएको हो ।

शुक्रबार बेलुका पौने पाँच बजे न्यू मुनराइज इङ्लिस बोर्डिङ स्कूलको ना ६ ख ६४३२ नम्बरको बसबाट झर्ने क्रममा पछाडीको टायरले किच्दा गम्भिर घाइते पुजालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस