२०८१ असार ३० गते आइतवार

दुई सामुदायिक विद्यालयसहित तुलसीपुरका १२ वटा विद्यालयलाई कक्षा थपको अनुमति


तुलसीपुर, १३ साउन ।
हाम्रो पहुँच माध्यमिक विद्यालयसहित तुलसीपुरका १२ वटा विद्यालयले कक्षा थपको अनुमति पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले २ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिइएको हो ।

नगरको १३५ औं कार्यपालिका बैठकले १२ वटा विद्यालयलाई कक्षा थपको अनुमति दिएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

थप कक्षाको अनुमति पाउनेमा आधारभूत विद्यालय कोठरी र रानागाउँ, लोकप्रिय बालविकास एकाडेमी, न्यू मिनि भ्याली इंलिस बोर्डिङ, प्रगन्ना पब्लिक एकाडेमी, साधना पाठशाला, जीवन ज्योति इंलिस बोर्डिङ स्कुल, तुलसीपुर एकाडेमी रहेका छन् ।

यस्तै हाम्रो पहुँच मावि, आइडियल इंलिस सेकेन्डरी स्कुल, सृजना बालबाटिका बोर्डिङ स्कुल र अमृत एकाडेमी रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस