२०८१ मङ्सिर २२ गते शनिवार

दाङमा सवारी दुर्घटनाबाट २ सय ५२ जनाको मृत्यु


दाङ, ३ साउन ।
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न सकिएको छैन् । दाङमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय ५२ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७७/०७७ देखि वितेको आर्थिक वर्ष २०७८/२०७९ सम्ममा ५ सय ८९ सवारी दुर्घटनामा २ सय ५२ जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका अनुसार बितेको आर्थिक वर्षमामात्रै २१२ सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष ०७६/०७७ मा १८४ सवारी दुर्घटनामा १०४ र आर्थिक वर्ष २०७७/२०७८ मा १९३ सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ ।

चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन, सडकको अवस्थामा घुम्ती मोड, उकालो/ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीणर् सडक लगायतका कारणले दुर्घटना हुने गरेको छ ।

दुर्घटना न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम र नियमविपरित सवारी चलाउनेलाई कार्बाही गरिएपनि दुर्घटना न्युनिकरणमा चुनौति देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस