
ऐजेन्सी-
पाकिस्तानमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा सोमवारदेखि परिरहेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको हो ।
बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका अनुसार ४० जना घाइते भएका छन् भने १० जनाभन्दा बढी बेपत्ता रहेका छन् । बाढीले स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
बाढीले कम्तीमा पनि २ सय घर भत्काएको छ भने २ हजार पशु चौपाया पनि मरेका छन् । बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।
प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार