तुलसीपुर, १७ असाेज। जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा शनिबार तुलसीपुर उपमहानगरपालिका–७, खर्चवामा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा दाङ जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको विशिष्ट आतिथ्यता रहेको थियो।
सभामा संस्थाको सदस्यता, बचत तथा ऋण परिचालन, सदस्य सेवा र आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो। सचिव दीपक केसीले आर्थिक व
२०८३ साल असार मसान्तसम्म संस्थामा कुल १ हजार ३ सय ७७ जना सेयर सदस्य रहेको जनाइएको छ। तीमध्ये ६१९ जना पुरुष र ७५८ जना महिला रहेकाे वताउनुभयो
सचिव केसीका अनुसार संस्थाले सदस्यहरूलाई सहकारीका नीति, सेवा, मूल्य–मान्यता, वित्तीय अनुशासन तथा संस्थागत गतिविधिबारे जानकारी गराउँदै आएको छ। सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्न विभिन्न प्रकारका बचत तथा ऋण सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो।
संस्थाले ऋण लगानी गर्दा सदस्यको आवश्यकता, आर्थिक क्षमता र ऋण भुक्तानी गर्न सक्ने अवस्थालाई मुख्य आधार बनाउँदै आएको जनाएको छ।
साधारण सभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट सदस्य, कर्मचारी तथा सहयोगी संस्थालाई सम्मान गरिएको थियो। असल बचतकर्तातर्फ कोइली खत्री ओली, धेरै बचतकर्तातर्फ हेमराज बस्नेत, घरायसीतर्फ असल ऋणीतर्फ पार्वता न्यौपाने र व्यवसायीतर्फ असल ऋणीतर्फ रविलाल न्यौपानेलाई सम्मान गरिएको थियो।
त्यस्तै, धेरै सदस्य बनाउनेतर्फ हुमलाल जैसी, सीताकुमारी ओली, सरस्वती भण्डारी, मञ्जु भण्डारी र रेकमबहादुर भुसाललाई सम्मान गरिएको थियो। ज्येष्ठ सदस्यतर्फ रूमलाल भण्डारी र छमाकुमारी केसी तथा असल कर्मचारीतर्फ मधु भुसाललाई सम्मान गरिएको थियो।
भवन निर्माण कोषमा सहयोग गर्ने रिता आचार्य केसी, सुस्मिता गिरी, सुशीला केसी, शोभाकर सापकोटा, सुरेश भण्डारी, गोकर्ण केसी, खगप्रसाद पोखरेल, ज्ञानप्रसाद पोखरेल, विष्णुबहादुर केसी, कुन्तादेवी भुसाल र कमल पाण्डेलाई पनि सम्मान गरिएको थियो। संस्थागततर्फ राप्ती लाइफ केयर हस्पिटल, तुलसीपुरलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष रामबहादुर जिसीले सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले पारदर्शिता, सुशासन र सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्न सहकारीलाई आग्रह गर्नुभयो।
विशिष्ट अतिथि जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले सहकारी संस्थाहरूले सदस्यहरूको विश्वास कायम गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो। सहकारीको दिगोपनका लागि सदस्यहरूको सक्रिय सहभागिता, नियमित कारोबार र संस्थागत सुशासन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
संस्थाका सल्लाहकार नारायणप्रसाद भुसालले संस्थाको विकासका लागि सेयर सदस्य, सञ्चालक समिति, कर्मचारी र सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
संस्थाका उपाध्यक्ष खिमराम जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक केसीले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, सेयर सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।


