दाङ, १३ मंसिर । पुर्व सांसद गंगा थारुमाथि कुट्पिट भएको छ । बाटो सम्बन्धि विवादको क्रममा थारुमाथी उहाँकै गाउँले महिलाहरुले कुटपिट गरेका हुन् ।
दाङको राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
सोही ठाउँका जानकी चौधरी, गायित्री चौधरी, चन्द्रमती चौधरी, सरस्वती चौधरी, अञ्जु चौधरी, छेदु चौधरी र राजकुमार चौधरीले आफुलाई लछारपछार गरेको आरोप उहाँले लगाउनुभएको छ ।
आफू माथि हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिनुभएको छ । ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ ।’ उहाँले भन्नुभयो–‘घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीले शनिबार छलफलका लागि इलाका प्रहरी कार्यालय सिसहनियाँमा बोलाएको छ अवस्था हेरेर कानुनी प्रकृया अगाडी बढाउँछु ।’
गंगा थारुलाई हातपात तथा लछारपछार गर्ने महिलाहरुले भने पहिला गंगाले नै गायित्री चौधरीलाई थप्पड हानेपछि आफुहरुले हातपात गरेको बताएका छन् । जग्गाको सिमाना विवादमा गंगा र छिमेकी बीच विवाद भएको भएको थियो । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने थारु अहिले राजावादी आन्दोलनमा सक्रिय रहनुभएको छ ।


