पाल्पा, ४ कार्तिक ।
पाल्पाको माथागढी–४, झडेवामा कुटपिटबाट वृद्ध महिलाको हत्या भएको छ । गएराति १२ बजेतिर स्थानीय ३७ वर्षका मिनबहादुर विश्वकर्माले सोही स्थानकी ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनामा परी ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि लुम्विनी मेडिकल कलेज पठाइएकोमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ । कुटपिटमा धारिलो हतियार समेत प्रयोग भएको स्थानीयले बताएका छन् ।
यसैवीच घटनामा संलग्न विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । घरमै लुकुरे बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक ४ गते मङ्गलवार


