२०८३ भाद्र १० गते बुधवार

तुलसीपुर कारागारबाट भागेका ११५ जना कैदीबन्दी अझै फरार

दाङ, ४ असोज । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका ११५ जना कैदीबन्दी अझै फरा रहेका छन् । कारागार प्रशासन प्रमुख गिर बहादुर सेजुवालका अनुसार हालसम्म कारागारबाट भागेका २५३ जनामध्ये १२५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

यस्तै १३ जना कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जनाएको छ । ति १३ जना कैदीबन्दी जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका छन् । कारागार प्रशासन प्रमुख सेजुवालका अनुसार सम्पर्कमा रहेका १३ जनामध्ये कैलाली कारागारमा ६ जना, कपिलवस्तु कारागारमा ३, बर्दियामा १ प्युठानमा १, रोल्पामा १ र रुकुम पश्चिममा १ जना कैदी रहेका छन् । उनिहरुलाई अवस्था सामान्य बनेपछि मात्रै तुलसीपुरमा ल्याउने प्रशासन प्रमुख सेजुवालले जानकारी दिनुभयो ।

कारागारबाट भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेको थियो । फरारको खोजीकार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ ।

भदौ २४ गते १२४ जना र २५ गते १२९ जना गरी कुल २५३ कैदीबन्दीले जेनजी आन्दोलनको क्रममा कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस