२०८३ भाद्र १३ गते शनिवार

सल्यानमा साना किसान सहकारी संस्थाको त्रैमासिक समिक्षा

सल्यान, ७ असार । सल्यान जिल्लामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूको त्रैमासिक प्रगति समिक्षा तथा संस्था व्यवस्थापन र सुशासन सम्बन्धी कार्यक्रम शनिबार श्रीनगर स्थत युनाइटेड होटलमा सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लि. मार्केका अध्यक्ष धर्मराज थापाको अध्यक्षता तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. सुर्खेतका शाखा प्रबन्धक दोर्णराज घिमिरे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सल्यान जिल्लाका १९ वटा साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागी संस्थाहरूले अघिल्ला तीन महिनाको प्रगति, गरेका गतिविधि र आगामी आर्थिक वर्षको योजना तथा रणनीति प्रस्तुत गरेका थिए।

कार्यक्रम सञ्चालन साना किसान कृषि सहकारी संस्था कपुरकाेटका प्रबन्धक जितप्रसाद आचार्यले गर्नुभएको हो । कार्यक्रममा सहकारीका कर्मचारी र सञ्चालक सदस्य गरी ४० जना सहभागी थिए । कार्यक्रमले सहकारीहरूबीच अनुभव आदान–प्रदान गर्न सहयोगी भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस