२०८३ भाद्र १३ गते शनिवार

आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल

आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद्
9848060799

मेष-लाभको अवसर देखा पर्नेछ। कार्यमा साथ दिनेहरू सक्रिय हुनेछन्। पुराना प्रयासले आज फल दिन सक्छन्।सम्पर्क विस्तार र आत्मविश्वासका लागि शुभ दिन।

वृष-जिम्मेवारी बढ्न सक्छ, थकान पनि आउन सक्छ। तापनि तपाईको धैर्यले कामलाई गति दिनेछ।धनको निर्णयमा सावधानी अपनाउनुहोस्।

मिथुन-सुखद समाचार सुन्न पाइने दिन। अध्ययन, लेखन वा अध्यात्ममा चासो बढ्नेछ।यात्राको योजना बन्न सक्छ, मन हलुका हुनेछ।

कर्कट-आत्मसंसोधनको समय। खर्चमा नियन्त्रण राख्नुपर्ने दिन। केही आत्मीय कुरा मनमा उर्लिन सक्छ।आत्मिक चिन्तन लाभदायक हुनेछ।

सिंह-सहयोग र स्नेह पाउने दिन। मित्रता र सम्बन्धमा प्रगाढता आउनेछ।नयाँ योजना सुरु गर्न सकिने अनुकूल समय।

कन्या-जिम्मेवारीको घेरा बढ्नेछ। कार्यक्षेत्रमा स्थायित्वको संकेत छ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोला।सजग भएर अघि बढ्दा सफलता टाढा छैन।

तुला-मन रमाउने वातावरण बन्नेछ। अध्ययन, सिर्जनशीलता वा प्रेमतर्फ आकर्षण देखिन्छ।आज कल्पनाशील काममा विशेष सफलता मिल्नेछ।

वृश्चिक-घरपरिवारको विषयमा विशेष ध्यान जानेछ। भावनात्मक कुरा मन छोनेछन्।सम्बन्ध सुधार र मेलमिलापका लागि उचित दिन रहेको छ ।

धनु-छोटो यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ। भाइबहिनी वा नजिकका साथीबाट सहयोग मिल्नेछ।सञ्चारमा मिठास रहन दिनुहोस्।

मकर-धनसम्बन्धी निर्णयमा चातुर्यता आवश्यक हुनेछ। सम्मान प्राप्त हुने सम्भावना पनि प्रबल छ।धेरै बोल्नेभन्दा कामले देखाउने समय हो।

कुम्भ-हिम्मत, आत्मबल र निर्णय क्षमताले दिनलाई उज्यालो बनाउनेछ।नयाँ कार्यको थालनीका लागि राम्रो समय छ ।

मीन-मन अलि द्विविधामा परे जस्तो लाग्न सक्छ। तापनि ध्यान र एकान्तले आत्मबल बढाउनेछ।शब्दभन्दा मौन प्रभावशाली बन्न सक्छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस