२०८३ भाद्र १३ गते शनिवार

आज पनि केही ठाउँमा पानी पर्ने


दाङ, १ बैशाख ।
दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमाको मौसममा आज पनि बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदुर पश्चिमप्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा पनि वर्षाको संभावना छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ । यतिखेर भने देशका धेरै ठाउँको मौसम सफा छ ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस