२०८३ भाद्र १४ गते आइतवार

अवरुद्ध भएको राप्ती राजमार्ग एकतर्फी संचालनमा


दाङ, ३० माघ । ट्रक बिग्रदा अवरुद्ध भएको राप्ती राजमार्ग एकतर्फीरुपमा संचालनमा आएको छ । दाङ –सल्यान सडकखण्ड अन्तगर्त तुलसीपुर–३ राम्रीमा सिमेन्ट बोकेको ट्रक बिग्रदा बिहानदेखि सडक अवरुद्ध थियो ।

करिब १ घण्टापछि बिहान सवा ९ बजेबाट एकतर्फीरुपमा सवारी आवागमन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । सडक खुलेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस