२०८३ भाद्र १७ गते बुधवार

आज कात्तिक २७ गते मंगलबारको राशिफल

आज २०८१ साल कात्तिक २७ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १२ तारिख। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्म पञ्चक आरम्भ, बाराहा क्षेत्रमा धार्मिक मेलाको प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्युजका लागि ज्योतिषाचार्य माधवा शर्मालेले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि: आजको दिनमा काम गर्दा धेरै विचार गरेर अघि बढ्नुहोस्। नजिकका साथीबाट धोका पाइने सम्भावना छ। व्यवसायमा सोचेजस्तो सफलता नपाइनेछ, र मनमा चिन्ता बढ्न सक्छ। केयरलेस बोलिले समस्या निम्त्याउन सक्छ।

वृष राशि: सामाजिक तथा धार्मिक कार्यमा मन लाग्नेछ। रचनात्मक कार्यमा सहभागी हुन सक्नुहुन्छ। पारिवारिक सम्बन्धमा सुधार हुनेछ। स्वास्थ्यमा भने विशेष ध्यान दिनुहोला। अरुको भलो गर्नाले आत्मसन्तोष प्राप्त हुनेछ।

मिथुन राशि: नजिकका आफन्तसँग समय बिताउन पाइनेछ। प्रतिस्पर्धा बिना नै सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। चिताएका कार्यले पूर्णता पाउनेछन्, र दिन रमाइलो तरिकाले बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।

कर्कट राशि: रोकिएका कार्यहरूमा गति आउनेछ। घरमा धार्मिक वा शुभकार्यको योजना बन्नेछ। आफन्तको सहयोगले मनमा खुशी छाउनेछ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। प्रशासनिक तथा न्यायिक कार्यमा सफलता मिल्न सक्छ। स्वास्थ्यमा भने ध्यान दिनुहोला।

सिंह राशि: आज अपजस सहनुपर्ने दिन छ। व्यवसायमा ध्यान दिएर मात्र लगानी गर्नु उपयुक्त हुनेछ। विरोधीहरूले सक्रियता देखाउन सक्छन्। आर्थिक कारोबारमा सफलता आशातीत नहुन सक्छ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला।

कन्या राशि: आफन्तको प्रगतिमा खुशी लाग्नेछ। मंगल कार्यमा सहभागिता जनाउन पाइनेछ। बोलिको प्रभाव बढ्नेछ, र कलात्मक क्षेत्रमा मन रमाउनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ।

तुला राशि: शैक्षिक कार्यमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ, र दिन प्रेमिल बित्नेछ। नयाँ कार्य योजनाहरू बन्नेछन्, र आर्थिक पक्षमा सुधार आउनेछ। शेयर बजारमा पनि सफलता मिल्न सक्छ।

वृश्चिक राशि: आजको दिन शुभफलदायक रहनेछ। उपहार वा चिठ्ठा प्राप्तिको सम्भावना छ। विपरीत वर्गको सहयोगले कार्य सम्पादनमा सजिलो हुनेछ। व्यवसायमा केहि सफलता मिल्नेछ।

धनु राशि: काम गर्दा अलिक बढी आत्मविश्वास राख्नुपर्ला। राजनैतिक कार्यमा सोचेजस्तो सफलता मिल्न गाह्रो छ। आर्थिक तथा व्यवसायिक पक्षमा सोचे अनुसारको सफलता नपाइनेछ। लाभ-हानिको स्थिति बराबरीमा रहनेछ।

मकर राशि: शुभ कार्यको चर्चा चल्नेछ। विदेशमा सफलता प्राप्त हुनसक्छ। सामाजिक सेवामा मन लाग्नेछ, र मान-सम्मानमा वृद्धि हुनेछ। शैक्षिक प्रगति हुनेछ, र रमाइलो यात्राको सम्भावना छ।

कुम्भ राशि: आजको दिनमा मान, प्रतिष्ठा र पदवी प्राप्तिको सम्भावना छ। तपाईँको क्षमताको सम्मान हुनेछ। पारिवारिक सम्बन्धमा सद्भाव बढ्नेछ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ, तर स्वास्थ्यमा ध्यान दिनुहोला।

मीन राशि: बोलिको प्रभाव बढ्नेछ। स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। व्यवसायमा फड्को मार्न सक्नुहुनेछ। शैक्षिक क्षेत्रमा राम्रो परिणाम मिल्नेछ, र हिम्मत बढ्नाले हरेक कार्यमा सजिलो हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन जेसिस चोक, दाङ
फोन: 9848060799

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस