आज २०८१ साल कात्तिक २ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर १८ तारिख। कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। मन प्रफुल्ल रहला। शेयर मार्केटमा भने सोचेअनुरुप फाइदा हुने छैन। व्यवसायिक सफलता पनि सोचेअनुरुप हुनेछैन। स्वास्थ्यमा ख्याल राख्नु होला।
वृष राशि – आज तपाईले कार्य गर्दा विशेष ख्याल गर्नु पर्नेछ। प्रेमी-प्रेमिका बीच मनमुटाव हुन सक्छ। बोलीलाई कन्ट्रोल गर्नु होला। लापरवाहीको कारण सामान हराउने वा चोरी हुने सम्भावना छ। स्वास्थ्य बिग्रन सक्छ, खानपान र जीवनशैली परिवर्तन गर्नु होला। अध्ययनमा भने मन जाने छैन।
मिथुन राशि – अधुरा कार्य पुनः सुचारु होलान्। आम्दानी बढ्नेछ। लामो समयदेखि रोकिएको रकम एक्कासी हात लाग्नेछ। वैदेशिक क्षेत्रमा मार्ग प्रशस्त रहला। आर्थिक उन्नति होला। पारिवारिक साथ र सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
कर्कट राशि – धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्ला। अध्ययन अनुसन्धानमा मन जाला। अभिभावकको सल्लाहले तपाईको इज्जत धेरै बढ्नेछ। तपाईको क्षमताको कदर हुनेछ। मान-सम्मान मिल्नेछ। विश्लेषण क्षमता उच्च रहला। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला।
सिंह राशि – प्रेमी-प्रेमिका बीच सुमधुर सम्बन्ध कायम होला। पारिवारिक सद्भाव बढ्ला। तर पुराना आर्थिक समस्या बल्झनेछन्। आर्थिक झन्झट भोग्न पर्ला। व्यवहारिक जीवनमा कठिनाई आउला। स्वास्थ्यमा ख्याल राख्नु होला।
कन्या राशि – आज तपाईको आत्मविश्वास उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमी-प्रेमिका बीच सुमधुर सम्बन्ध रहला। शत्रु पराजित हुनेछन्। नाम, प्रतिष्ठा एवं कीर्ति बढ्नेछ। घरमा अतिथिलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ।
तुला राशि – धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ। प्रिय व्यक्तिसँग छोटो मिठो भेटघाट हुनेछ। दीर्घकालिन योजना बन्नेछन्। अलिक परिश्रमपूर्ण दिन रहनेछ र सफलता पनि मिल्ला। सामाजिक कार्यमा मन जाला। धार्मिक कृत्यमा सरिक भइएला। दिन प्रेमिल हुनेछ।
वृश्चिक राशि – साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउला। अधुरो कार्य पुनः सुचारु हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ कार्यको योजना बन्नेछन्। मनोरञ्जनमा रुचि बढ्नेछ।
धनु राशि – आज दिन मध्यम फलदायी रहला। लाभहानि, आयव्यय, दुःखसुख बराबर सहनु पर्नेछ। धर्मकर्ममा मन जाला। सामाजिक कार्यमा रुचि बढ्नेछ। आफन्तसँगको भेटघाटले मन खासै प्रसन्न रहने छैन।
मकर राशि – धार्मिक कर्ममा मन जाला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। शुभ कर्मको चर्चा हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।
कुम्भ राशि – आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ। सामाजिक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मित्रको सहयोगले विशेष कार्य सम्पादन हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। स्वास्थ्य भने ख्याल राख्नु पर्ला।
मीन राशि – सृजनात्मक कार्यमा रुचि बढ्नेछ। नयाँ कार्यका नयाँ योजना बन्नेछन्। बौद्धिक निखारता बढ्नेछ। परीक्षा वा प्रतिस्पर्धामा सफलता हात पर्ला। आत्मप्रसन्न रहला। पारिवारिक सद्भावमा मिठास आउला।
ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९


