२०८३ भाद्र १६ गते मङ्गलवार

आज असोज २७ गते आइतबारको राशिफल

 आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर १३ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि। पापांकुशा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि: महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। मन प्रफुल्ल रहला। आर्थिक उन्नति हुनेछ। तपाईंको आज प्रशंसा बढ्नेछ।

वृष राशि: आजको दिन मध्यम फलदायी रहनेछ। कार्य गर्दा विशेष ध्यान दिँदा उपयुक्त हुनेछ। व्यवसाय राम्रो रहनेछ। वित्तीय संस्थाबाट लाभ मिल्नेछ।

मिथुन राशि: अधुरा कार्य पुनः सुचारु होलान्। वैदेशिक क्षेत्रमा मार्ग प्रशस्त हुनेछ। आर्थिक उन्नति हुनेछ। यात्रामा भने ख्याल गर्नु होला, मालसामान हराउन सक्छ। चोटपटकको भए रहला।

कर्कट राशि: धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन अनुसन्धानमा मन जानेछ। विश्लेषण क्षमता उच्च रहनेछ। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला। विपरीत लिंगीप्रति आकर्षण बढ्नेछ।

सिंह राशि: दिन रमाइलोसँग बित्नेछ। प्रेमी-प्रेमिका बीच सुमधुर सम्बन्ध कायम हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। पुराना समस्या सुल्झनेछन्।

कन्या राशि: आध्यात्मिक ऊर्जा बढ्नेछ। कार्यमा सोचेअनुरूप सफलता प्राप्त नहुन सक्छ। घरमा अतिथिलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ। तपाईंको बोलीको प्रशंसा हुनेछ।

तुला राशि: यात्रामा सामान चोरी हुन सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। सामाजिक कार्यमा मन जानेछ। धार्मिक कृत्यमा सरिक भइनेछ।

वृश्चिक राशि: साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउनेछ। दोहोरो लाभ प्राप्त गर्न सकिनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ कार्यको योजना बन्नेछन्।

धनु राशि: धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछन्। आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

मकर राशि: ठूलो लगानी गर्दा संयम हुनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला। धार्मिक कर्ममा मन जानेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।

कुम्भ राशि: आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ। यात्रामा सहभागि भइनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। कार्य सम्पादनमा भने समस्या आउनेछ।

मीन राशि: मिष्ठान्न भोजन प्राप्त हुनेछ। बाणीद्वारा कार्य सम्पादनमा सहजता छाउनेछ। तपाईंको परिश्रमको कदर हुनेछ। पारिवारिक सद्भावमा मिठास आउनेछ। मित्र सहयोग प्राप्त हुनेछ।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस