आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी उपरान्त महानवमी तिथि। नवरात्रमा आज महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि: धर्मकर्ममा मन जाला । सामाजिक कार्यमा प्रेरित भइएला । मन प्रफुल्ल रहला । आर्थिक उन्नति होला । तपाईको आज प्रशंसा पढ्नेछ ।
वृष राशि: आज दिन मध्यम फलदायी रहनेछ । सानातिना कार्यमा व्यवधान आउला । झमेलामा पर्न सकिनेछ । व्यवसायमा सोचे अनुरूप उन्नति हुनेछैन । अनावश्यक खर्च बढ्ला । स्वास्थ्यमा ख्याल राख्नु होला ।
मिथुन राशि: आज दिन शुभ फलदायक रहेको छ । कार्य सिद्धि होलान् । अधुरा कार्य पुन: सुचारु होलान् । वैदेशिक क्षेत्रमा मार्ग प्रशस्त रहला । आर्थिक उन्नति होला ।
कर्कट राशि: धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्ला । अध्ययन अनुसन्धानमा मन जाला । विश्लेषण क्षमता उच्च रहला । स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला ।
सिंह राशि: दिन रमाइलोसँग बित्नेछ । प्रेमी–प्रेमिका बीच सुमधुर सम्बन्ध कायम होला । पारिवारिक सद्भाव बढ्ला । व्यवसायिक सफलता मिल्ला । तपाईले आज रिस र आवेगलाई भने कन्ट्रोलमा राख्नु पर्नेछ ।
कन्या राशि: आज दिन मध्यम फलदायी रहनेछ । आध्यात्मिक ऊर्जा बढ्नेछ । कार्यमा सोचे अनुरूप सफलता प्राप्त नहोला । झमेलामा परिएला । स्वास्थ्यमा ख्याल राख्नु उचित होला ।
तुला राशि: आज दिन प्रेमिल रहला । उत्साह र आनन्दमय जीवन बन्नला । आर्थिक उन्नति होला । सामाजिक कार्यमा मन जाला । धार्मिक कृत्यमा सरिक भइएला ।
वृश्चिक राशि: साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउला । दीर्घकालीन योजना बन्ने समय छ । दोहोरो लाभ प्राप्त गर्न सकिएला । प्रेम सम्बन्ध कसिलो हुनेछ । बेलुका पख अनावश्यक खर्च होला ।
धनु राशि: धर्मकर्ममा मन जाला । सामाजिक कार्यमा रुचि बढ्नेछ । चिताएका कार्यले तीव्रता प्राप्त गर्ला । कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला । आर्थिक उन्नति होला ।
मकर राशि: आज दिन मध्यम फलदायी रहेको छ । आयव्यय, लाभहानि, दुखःसुख बराबरी प्राप्त हुने समय रहेको छ । ठूलो लगानी गर्दा संयम हुनुहोला । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला । धार्मिक कर्ममा मन जाला ।
कुम्भ राशि: आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ । तपाईको कार्यको प्रशंसा होला । पारिवारिक हर्ष बढ्नेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ ।
मीन राशि: मिष्ठान्न भोजन प्राप्त होला । बाणीद्वारा कार्य सम्पादनमा सहजता छाउला । तपाईको परिश्रमको कदर हुनेछ । पारिवारिक सद्भावमा मिठास आउला । मित्र सहयोग प्राप्त होला ।
वास्तु टिप्स:
घरमा लक्ष्मी स्थिर बनाउनको लागि के गर्ने?
- घरको विशेष सरसफाईमा ध्यान दिने, पुराना, फुटेका, चर्केका भाँडाहरू घरमा नराख्ने ।
- ढोका, झ्यालमा रहेका, जमेका फोहोरहरू समय समयमा सफा गर्ने ।
- झ्याल वा ढोकाका पल्लाहरू खोल्दा-बन्द गर्दा आवाज आउने छ भने पनि लक्ष्मी स्थिर हुँदैनन्, यी कुराहरू ठिक पार्नुपर्ने ।
- बाहिरबाट आउँदा सधैं गोडा धोएर मात्र घरभित्र प्रवेश गर्ने ।
- घरमुलीको बेडमा अन्यलाई सुत्न नदिने, बेडमा बसेर भोजन नगर्ने ।
- सन्ध्याकालमा सुत्ने वा अन्य कृत्य नगर्ने ।
- दैनिक घरमा बिहान बेलुका कुल, पितृ, ईष्ट देवताको पूजा गर्ने ।
- गाई, कुकुर, र कागलाई दैनिक भोजन गराउने ।
- दैनिक घरमा कपुर, ल्वाङ, गाईको घ्यू, तेजपत्ता, तितेपाती मिसाएर घरभरी धूप दिने ।
ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९


