२०८३ भाद्र १६ गते मङ्गलवार

आज असोज १६ गते बुधबारको राशिफल

आज २०८१ साल असोज १६ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको औंसी तिथि। औंसी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – धार्मिक,सामाजीक एवं अध्ययनमा रुचि वढ्ला । साहस बढ्ला ,कार्यमा सहजता होला ।बौद्दिक क्षेत्रमा निखार आउला ।धनार्जनका स्रोतहरु बढ्लान् ।

बृष राशि – बोलि व्यवहारको प्रसंसा होला । धार्मिक यात्राको योजना वन्ला ।पारिवारीक साथले हिम्मत वढ्ला ।सम्पत्ति सम्वन्धि मुद्दामामिलामा सफलता होला । वित्तिय क्षेत्रमा सजगता अपनाउनु पर्ला ।

मिथुन राशि –सामाजीक प्रतिष्ठा वढ्ला । पारीवारिक सर सहयोगले कार्यहरु सहजै सफल होलान् ।व्यवसायमा प्रगति होला । नयाँ योजनाहरु बन्लान् ।यात्रा गर्नको लागि अनुकुल समय छ ।

कर्कट राशि –स्वास्थ्यमा सुधार होला ।सकारात्मक सोच र ढृट ईच्छा शक्तिले हरेक कार्य सफल होलान् । पारिवारीक जीवनमा केही चुनौति आउला ।धैर्यताले कार्यमा सहजता छाउला ।

सिंह राशि -दिन प्रेमिल बन्ला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानिका नयाँ श्रोतहरु बन्लान् ।सृजनात्मक कार्यमा सरिक भैएला ।आर्थिक पक्ष राम्रो हुदै जाला ।सामाजीक कार्यमा रुचि वढ्ला ।

कन्या राशि-धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।पारिवारीक साथले आत्मविश्वास वढ्ला ।अध्ययन र अनुसन्धानमा मन लाग्ला ।तपाईको आज बिश्लेषण क्षमता उच्च हुनेछ।

तुला राशि –स्वास्थ्यमा सुधार होला ।व्यक्तिगत् सम्वन्धमा ध्यान दिनु पर्ला ।मानसिक विचलन बढ्न सक्छ ।कार्यमा चुनाैतिहरु आउछन् तर संयमता एवं धैर्यताले सहजता ल्याउला ।

बृश्चिक राशि –पारिवारीक जीवनमा ध्यान दिनु पर्ला । परिवार संग समय विताउन पाउदा मनमा हर्ष उत्पन्न होला ।बैचारीक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याला ।

धनु राशि –साहसिक निर्णयहरु लिनु पर्ने समय आएको छ ।व्यक्तिगत् विकाशको लागि आजको दिन राम्राे छ ।कार्य क्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् | आर्थिक पक्षमा विशेष ख्याल गर्नु होला ।

मकर राशि –तर्क गर्ने क्षमता वढ्ला ।स्शिक्षा र सृजनशिलतामा सफलता मिल्ला ।आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला ।स्वास्थ्यमा सुधार होला ।

कुम्भ राशि –धार्मिक तथा सामाजीक कार्यमा मन जाला । व्यक्तिगत् जीवनमा खुसि छाउला । आत्मविश्वास उच्च होला ।पारीवारिक प्रेम वढ्ला ।छोटो यात्रा फलदायि रहला ।

मिन राशि –दीर्घकालिन योजना बन्दै छन् भने अलिक ध्यान दिनु पर्ला । पारिवारीक प्रेम वढ्ला ।करियरमा नयाँ जीम्मेवारी थपिएला ।आर्थिक पक्षमा स्थायित्व वढ्ला ।मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ला ।

टिप्स आजको लागि :-
आज केही गर्न नसके पनि पितृको नाममा दक्षिण फर्केर जल तर्पण गर्नुहोस् र दक्षिण फर्काएरै दियो बालिदिनु होस् । काग र कुकुरलाई भोजन दिनुहोस् पितृ प्रसन्न हुनेछन् ।

ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस