आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि। दशमी श्राद्ध। पर्यटक दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि: आज दिन शुभ रहला। आत्मविश्वास बढ्ला। महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। पारिवारिक सद्भाव बढ्ला।
बृष राशि: आर्थिक मामिलामा सुधार आउला। सामाजिक प्रतिष्ठा बढ्ला। पारिवारिक सन्तुलन कायम रहला।
मिथुन राशि: नयाँ अवसर प्राप्त होला। वैदेशिक यात्राको सम्भावना रहला। सामाजिक आर्थिक क्षेत्र राम्रै रहला।
कर्कट राशि: व्यक्तिगत प्रयासमा धेरै लाभ होला। परिवारमा खुसीको माहोल बन्ला। सामाजिक कृत्यमा सहभागी भइनेछ।
सिंह राशि: साहसिक कार्यमा सफलता मिल्ला। करियर र आर्थिक पक्षमा सफलता मिल्ला।
कन्या राशि: स्वास्थ्यमा सुधार आउला। विद्यार्थीहरूको लागि आज दिन उत्साहपूर्ण रहला। अनावश्यक खर्च बढ्ला।
तुला राशि: साहस र आत्मविश्वास बढ्ला। कार्य क्षेत्रमा जिम्मेवारी थपिएला। पारिवारिक सुख मिल्ला।
बृश्चिक राशि: आज मध्ययम फलदायी दिन रहला। सामाजिक आकर्षण बढ्ला। महत्वपूर्ण कार्य सम्पन्न हुनेछन्।
धनु राशि: यात्रा र स्वास्थ्यमा ध्यान राख्नु पर्ला। अन्य क्षेत्रमा सफलता मिल्ला। बन्धुको सहयोग प्राप्त हुनेछ।
मकर राशि: सामाजिक कार्यमा मन लाग्ला। आत्मविश्वास बढ्ला। व्यवसायिक सफलता मिल्ला।
कुम्भ राशि: साथीभाईसँगको सम्बन्धमा सुधार होला। आत्मविश्वासले गरिएका कार्य सजिलै सफल हुनेछन्।
मिन राशि: आर्थिक पक्ष बलियो हुनेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिएला। स्वास्थ्यमा ख्याल राख्नु पर्ला। अध्ययन भने राम्रो रहला।
वास्तु टिप्स-
पूर्व मुखि व्यवसायमा कुन कुरा कता राख्ने
-साहुँजी जहिले पनि उत्तर मुख फर्केर बस्ने वा नमिले पूर्व मुख वस्ने ।
-ग्राहक डिल गर्दा दक्षिण वा पश्चिम फर्कने वनाउने ।
-पैसा राख्ने घर्रा उत्तर खुल्ने वनाउने ।
– पैसा राख्ने घर्रामा अन्य कागजात, चावि वा कुनै पनि विल आदि नराख्ने ।
– नैऋत्य कुनामा मेन साहुँजी वस्दा अझै उपर्युक्त रहन्छ ।
-पुजा स्थल ईशान वा उत्तर वा पश्चिम उत्तर वनाउने।
दियो वाल्दा जहिले पनि पूर्व वा उत्तर दिशामा फर्काएर वाल्ने।
-विजुली संग सम्वन्धित् सामाना पूर्व दक्षिण कुनामा राख्ने।
-छिटो बेच्ने सामान पश्चिम उत्तरमा राख्ने।
– ह्यावि सामान दक्षिण हुदै पश्चिम भरी राख्ने ।
ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९


