आज २०८१ साल असोज ९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर २५ तारिख। अष्टमी श्राद्ध/बुधाष्टमी/गोरखकाली पूजा/जितियापर्व। विश्व फार्मासिस्ट दिवस आश्मिन कृष्ण पक्षको अष्टमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि – रोकिएका कार्य पुनः सुचारु होलान्। नयाँ कार्यमा सहभागिता भैएला। हिम्मत वढेर आउला।
बृष राशि – मनमा उमङ्ग छाउला। दैनिक कार्यमा प्रगति होला। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।
मिथुन राशि – स्वास्थ्यमा सजगता अपनाउनु पर्ला। सामाजिक कार्यमा मन जाला। आकस्मिक धन लाभ होला।
कर्कट राशि – चन्चलता वढ्ला। धन हानि हुन सक्ला। स्वास्थ्य भने ख्याल राख्नु पर्ला। सरकारी कार्यमा ढिला सुस्ती होला।
सिंह राशि – वोलिको प्रभाव वढ्ला। मिष्ठान्न भोजन प्राप्त होला। शुभ कार्यको चर्चा चल्ला।
कन्या राशि – दिन प्रेमिल रहला। यात्रामा सरिक भैएला। आज नयाँ कार्यको योजना बन्ला। मित्र मिलनले मनमा हर्ष छाउला।
तुला राशि – आटेका कार्यबाट लाभ होला। सामाजिक तथा धार्मिक कार्यमा मन जाला। दिन प्रेमिल रहला।
बृश्चिक राशि – निर्णयात्मक क्षमतामा कमी छाउला। सामाजिक कार्यप्रति मन खिन्न रहला। स्वास्थ्य भने ख्याल राख्नु होला।
धनु राशि – बुद्धिको राम्रो प्रयोग होला। दोहोरो लाभ लिन सकिनेछ। स्वास्थ्यमा भने विचार पुराउनु होला।
मकर राशि – अध्ययन र अध्यापन क्षेत्रमा रुचि वढ्ला। सन्तान संगको सम्बन्धमा सुधार आउला।
कुम्भ राशि – आत्मविश्वास उच्च रहला। धार्मिक यात्राको योजना बन्ला। व्यक्तिगत आकर्षण वढ्ला। मिष्ठान्न भोजन प्राप्त होला।
मिन राशि – स्वास्थ्यमा खरावी आउला। विवादबाट वच्नुनै उपयुक्त रहला। खर्च वढ्ला। सामाजिक प्रतिष्ठा भने वढ्ला।
आजको लागि टिप्स
वास्तु टिप्स – दक्षिण मुखी पसलको लागि कता के राख्ने?
- मन्दिर वा भगवान् को फोटो पूर्व उत्तर राख्ने मिल्दै नमिले पश्चिम उत्तर राख्ने।
- पूर्व उत्तर कुन सके खालि राख्ने नमिले केही हल्का सामान सफा राख्ने।
- उत्तर दिशामा पिउने पानी राख्ने।
- भारी र गाह्रो सामान दक्षिण हुँदै पश्चिम सम्म राख्ने।
- उत्तर र पूर्वमा हलुका सामान राख्ने।
- बिजुली संग सम्बन्धित उपकरण पूर्व दक्षिणमा राख्ने।
- क्यास बक्स पश्चिम वा दक्षिण वालमा सटाएर पूर्व वा उत्तर फर्केर क्यास बुझ्न मिल्ने गरी बनाउने।
ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
फोन – ९८४८०६०७९९


