२०८३ भाद्र १६ गते मङ्गलवार

आज असोज ६ गते आइतबारको राशिफल

आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २२ तारिख। पञ्चमी श्राद्ध। आश्मिन कृष्ण पक्षको पञ्चमी तिथि। तुलामा दृश्य सूर्य। विश्व शान्ति दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – आफ्नो प्रयासद्वारा गरिएका कार्य सफल रहला। मनमा हर्ष छाउँला। रोजगारका अवसर प्राप्त होला।

बृष राशि – सोचेअनुरूप कार्य हुनेछैन। सामाजिक तथा राजनीतिक कार्यमा अपजस सहनु पर्नेछ। मध्यान्न पछिको समय भने केही ठीक रहला।

मिथुन राशि – लामो समयदेखि अधुरो रहेका कार्य पुनः सुचारु हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट राशि – आजको दिन मध्ययम रहला। कठिनाइका बाबजुद पनि कार्य सफल हुनेछन्। धार्मिक र सामाजिक कार्यमा मन जाला।

सिंह राशि – मनमा खुशी छाउँला। शुभकर्ममा मन जाला। विद्यार्थीका लागि विशेष रहला। सोचेअनुरूप कार्य सम्पन्न हुनेछन्।

कन्या राशि – चञ्चलता बढेर कार्यमा ध्यान केन्द्रित नहुदा दुख पाइएला। अनावश्यक धन खर्च होला।

तुला राशि – आजको दिन प्रेमिल रहला। तपाईँको कार्यको प्रशंसा हुनेछ। व्यवसायिक सफलता मिल्नेछ।

बृश्चिक राशि – मनमा अनेकन नयाँ योजनाहरू बन्नेछन् जसले दीर्घकालीन फाइदा पुर्याउनेछन्। यात्रा हुन सक्छ। पारिवारिक साथले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन्।

धनु राशि – पारिवारिक साथ बिना कार्य गर्दा बिग्रन सक्छ। सजग रहनुहोस्। हिम्मत बढेर आउनेछ।

मकर राशि – स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोस्। मन अशान्त रहला। हिम्मत घटेर महत्वपूर्ण कार्य बिग्रन सक्ला।

कुम्भ राशि – कार्यहरू कागजी रूपमा मात्र सफल हुनेछन्। आज अरूको प्रयोगमा बढी आउनेछ। राजनीतिक र कुटनीतिक सफलता भने हात पारीनेछ।

मिन राशि – आज मनमा शान्ति छाउँला। आटेका कार्य सहजै सफल हुनेछन्। मन धार्मिक हुनेछ। हरेक कार्यमा उन्नति होला।

आजको लागि वास्तु टिप्स

  • बिहान उठ्नासाथ के गर्दा दिन शुभ हुन्छ?
    1. आमाबुवाको चरण ढोग्ने जसकारण तपाईँको दिन अत्यन्तै शुभ हुनेछ। हरेक अफ्ठारा कार्य पनि सहजै सम्पादन हुन्छ।
    2. तुलसीमा जल चढाउने।
    3. सूर्यलाई जल चढाउने।
    4. दियो बाल्ने पूजा स्थलमा।
    5. आफ्नो योजना ईश्वरको अगाडि बोल्ने।
    6. सम्भव भए घरको दैलो वा गेट अगाडि स्वस्तिक वा अन्य शुभ चिन्हको रंगोली बनाउने।
  • के नगर्ने?
    1. ऐना नहेर्ने।
    2. अपशब्द गालीगलौज कसैलाई नगर्ने।
    3. नकारात्मक विचार मनमा नल्याउने।

  • ज्योतिषी तथा वास्तुविद् माधवा शर्मा आचार्य सिद्दान्त ज्योतिष
    सचिव- नेपाल ज्याेतिष परिषद् लुम्विनि प्रदेश।
    मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर ‘क’ लाईन जेसिस चाेक तलतिर, दाङ ।
    फाेन नं ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस