२०८३ भाद्र १६ गते मङ्गलवार

आज असोज २ गते बुधबारको राशिफल

आज २०८१ साल असोज २ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर १८ तारिख। सोह्रश्राद्ध सुरु। आज प्रतिपदा श्राद्ध। आश्मिन कृष्ण पक्षको प्रतिपदा थिति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। कापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – खर्च बढ्ला। प्रतिस्पर्धी प्रवल होलान्। कार्यमा बाधा होला।

वृष राशि – यात्रा सफल होला। प्रतिस्पर्धामा सफलता मिल्ला। कार्य सहजै सम्पादन होलान्।

मिथुन राशि – सामाजिक कार्यमा मन जाला। व्यवसायमा उन्नति होला। आफन्तको सहयोगले कार्यमा सहजता होला।

कर्कट राशि – बोलिको प्रभाव बढ्ला। कला, साहित्यमा रुचि बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त होला। मनमा हर्ष बढ्ला।

सिंह राशि – सामान चोरी हुने, हराउने हुन सक्ला। मानसिक चिन्ता बढ्ला। कार्यमा बाधा आउला।

कन्या राशि – धर्मकर्ममा मन जाला। विभिन्न अवसरहरू प्राप्त होलान्। पराक्रम बढ्ला। पारिवारिक साथ पाइएला।

तुला राशि – चिताएका कार्यहरू सफल होलान्। तपाईंको बोलिको प्रशंसा बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

वृश्चिक राशि – धर्मकर्म तथा सामाजिक क्षेत्रमा मन जाला। वित्तीय पक्षमा लाभ होला। स्वास्थ्यमा ख्याल राख्नू होला। पेशागत उन्नति रहनेछ।

धनु राशि – स्वादिष्ट भोजन प्राप्त हुनेछ। अप्रत्याशित लाभ होला। यात्रामा ख्याल राख्नू होला। वैदेशिक कार्य अघि बढ्ला।

मकर राशि – आर्थिक मामिलामा सुधार होला। लगानी बढाउने समय रहेको छ। बेलुकाको समयमा खर्च बढ्ला।

कुम्भ राशि – पेशागत क्षेत्रमा प्रगति होला। धार्मिक, सामाजिक कार्यमा सरिक भइएला। प्रतिष्ठा बढ्ला। यात्रामा भने ख्याल राख्नू होला।

मीन राशि – सामाजिक कार्यमा रुचि बढ्ला। पारिवारिक विषयमा ख्याल राख्नू होला। वित्तीय मामिलामा ख्याल राख्नू होला।

आजको लागि वास्तु टिप्स
पितृलाई खुशी बनाउन के गर्ने?

  • दैनिक कागलाई, गाईलाई भोजन गराउने।
  • भान्सामा रात्रीको समयमा जुठो भाँडा नराख्ने।
  • औंशी तिथिमा सधैं दक्षिण फर्केर दियो बाल्ने र तर्पण दिने, पूर्वजलाई सम्झने।
  • पूर्वजका तस्वीरलाई दक्षिणतर्फ उत्तर मुख फर्काएर राख्ने।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस