२०८३ भाद्र १६ गते मङ्गलवार

आज असोज १ गते मंगलबारको राशिफल

आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजा/कन्या संक्रान्ति/इन्द्रजात्रा (उपत्यका बिदा)/राष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः

मेष राशि – आज दिन शुभ रहला। उन्नति एवं प्रगति होला। शैक्षिक तथा वैदेशिक कार्य सफल होलान्।

बृष राशि – आज मन प्रसन्न रहला। रोकिएका कार्य पुनः सुचारु होलान्। सामाजीक क्षेत्र सफल रहला।

मिथुन राशि – आज दिन शुभ रहेको छ। विभिन्न अवसर प्राप्त होला। व्यवसाय तथा भूमिवाट लाभ होला।

कर्कट राशि – अनावश्यक धन खर्च होला, चोटपटकको भय रहला। आज सोचेअनुरुप काम बन्ने छैन।

सिंह राशि – रचनात्मक कार्यमा प्रेरित भइएला। दिन प्रेमिल रहला। विपरीत लिङ्गको सहयोगले कार्यमा सहजता होला।

कन्या राशि – जोश बढेर आउला। आर्थिक सफलता मिल्ला। साथीभाइको सहयोगले अफ्ठ्यारा कार्यमा सहजता आउला।

तुला राशि – सामाजीक तथा धार्मिक कार्यमा सहभागी भइएला। आशा मारेका कार्य सम्पादन हुनेछन्।

बृश्चिक राशि – अनावश्यक यात्रा होला। झमेलामा परिएला। मित्र तथा सन्तान सुख भने प्राप्त होला।

धनु राशि – जीवनमा नयाँ आगमनले मन प्रसन्न रहला। रोकिएको धन प्राप्त होला।

मकर राशि – रोकिएका कार्य पुनः सुचारु होलान्। आज तपाईँको श्रमको मूल्याङ्कन हुने दिन रहेको छ।

कुम्भ राशि – आज दिन शुभ रहेको छ। बौद्धिक विकास होला। परिवारको साथ प्राप्त होला।

मीन राशि – आज काम विग्रन सक्छ, ख्याल राख्नु होला। मानसिक विचलन बढ्ला। योग र ध्यानलाई जोड दिँदा शुभ होला।

वास्तु टिप्स

घरमा बच्चाहरु विरामी भइ राख्छन्? पारिवारिक झमेला परिरहन्छ? यदि त्यस्तो हो भने हप्तामा २ दिन नुन, सर्फ पानीमा घोलेर घरको पोछा लगाउनु वा लिपपोत गर्नुहोस्। यसले नेगेटिभ ऊर्जा फालेर सकारात्मक ऊर्जा बनाउन मद्दत गर्छ र पारिवारिक समस्या विस्तारै हटेर जान्छ।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: 9848060799

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस