दाङ, १९ साउन। पछिल्लो समय युवा–युवतीहरूमा आध्यात्मिक चेतना र धार्मिक गतिविधिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ।
यसैक्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–७ स्थित बेत्रावती शिव मन्दिरमा भजन–कीर्तन तथा सन्ध्या आरती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

जय जीव दर्शन को मुख्य आयोजना तथा बेत्रावती शिव मन्दिर व्यवस्थापन समिति को सहकार्यमा आयोजित कार्यक्रममा ठूलो संख्यामा युवा–युवती, स्थानीय श्रद्धालु तथा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको जय जीवका द्रष्टा उपेन्द्र पाैडेलले बताउनुभयाे ।
प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार


