२०८३ असार ८ गते सोमवार

सासुको हत्या भएको आरोपमा बुहारी पक्राउ

प्युठान, २५ वैशाख । प्युठानमा एक वृद्धाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै कान्छी बुहारीलाई पक्राउ गरेको छ ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्ककी ६३ वर्षीया धनी कुमारी सुनारको हत्या आरोपमा ३२ वर्षीया चेती सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ग्त २०७९ साल मंसिर १ गते स्थानीय भुपलाल घर्तीको बारीमा धनी कुमारी सुनार टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन् । लामो समयदेखि अनुसन्धानकै क्रममा रहेकोमा उक्त कर्तब्य ज्यान मुद्दामा मृतककी सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता देखिएपछि जिल्ला अदालत प्युठानको अनुमतिमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार यहि वैशाख २३ गते साँझ पक्राउ परेकी सुनारलाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस