दाङ,१२ चैत । मलेसियामा आफ्नै साथीको आक्रमणबाट ज्यान गुमाएका सल्यानका २१ वर्षीय वेदबहादुर बुढाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि मलेसिया गएका बुढाको भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले चक्कु प्रहार गरी उनको हत्या गरेको पत्ता लागेको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार


