२०८३ असार २१ गते आइतवार

दाङमा दुई जना मृत अवस्थामा फेला

दाङ, ८ चैत । दाङको दुई छुट्टाछुट्टै ठाउँमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार शनिबार दिउँसो उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

बंगलाचुली गाउँपालिका–६ सिउडेस्थित जंगलमा सोही गाउँपालिका–६ अमारे बस्ने ७० वर्षीय बिष्णु पौडेल र राजपुर गाउँपालिका–७ भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस