दाङ, ७ माघ । दाङमा एक महिनाको अवधिमा ९५ वटा विभिन्न प्रकृतिका मुद्धा दर्ता भएका छन् । पुस महिनामा विभिन्न किसिमका दर्ता भएका ९५ वटा मुद्दामध्ये ३० वटा मुद्धा पछ्यौट भएका हुन् ।
प्रहरीमा दर्ता भएका मुद्धामध्ये ६५ वटा बिराराधिन अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । पुस महिनामा दर्ता भएका सवैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी १७ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये १४ फछ्यौट भएका छन भने ३ वटा पक्रियामा रहँदा २५ जना पक्राउ परेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी लागुऔषध सम्बन्धी १२ मुद्दा दर्ता भएकोमा ५ मुद्दाको फछ्र्यौट भएका छन् । ७ वटा विचाराधीन रहेको लागुऔषध मुद्धामा २३ जना एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी चोरी सम्वन्धी नौ वटा, भवितव्य ज्यानका आठ, विष सेवन गरी आत्महत्याका पाँच, जवरजस्ती करणी र फुटकर ज्यानका तीन/तीन वटा, बैङ्किङ,ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान सम्वन्धी दुई/दुई वटा, चोरी उद्योग,जवरजस्ती करणी उद्योग, ठगी, आपराधिक उपद्रव,सवारी, अमानवीय व्यवहार, ज्यान सम्वन्धी कसुर र डाका चोरीसम्वन्धी मुद्धा एक महिनाको अवधिमा एक/एक वटा प्रहरीमा दर्ता भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
त्यसैगरी प्रहरीले एक महिनाको अवधिमा ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बुधवार घोराहीमा आयोजना नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरीले पुस महिनामा जिल्लाका विभिन्न स्थानबाट अदालतबाट दोषधी ठहर भइर फरार रहेका ६८ जना प्रतिवादीलाई पक्राउ गरेको जानकारी गराएको हो ।
पक्राउ परेका प्रतिवादीलाई अदालतबाट ४५ बर्ष ११ महिना सात दिनको कैद तथा २१ लाख २६ हजार छ सय तीन रुपियाँ नगद जरिबानाको फैसाला गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी प्रमूख श्रेष्ठले पक्राउ परेका प्रतिवादीमध्ये तीन जना अदालतको फैसला गरेको करिव दश बर्षपछि पक्राउ परेको बताउनु भयो ।


