२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरमा नगद ३४ हजार नगदसहित ९ जना जुवाडे पक्राउ


दाङ, २६ असोज ।
तुलसीपुरमा जुवातास खेल्दै गरेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर– ७ बस्ने ३६ बर्षीय प्रेम प्रकाश वली, तुलसीपुर–६ रजौरा बस्ने ३३ बर्षीय रमेश बस्नेत, तुलसीपुर–५ बसपार्क बस्ने ३७ बर्षीय गौरीलाल वली, तुलसीपुर–६ बरुवागाउँ बस्ने ३८ बर्षीय दिनेश बन्जरा रहेका छन् । यस्तै तुलसीपुर–५ नयाँबस्ती बस्ने २९ बर्षीय खुम बहादुर बिक, तुलसीपुर–८ दुधेना बस्ने ५५ बर्षीय धनबिर बिक रहेको प्रहरीले जनाएको छ ।

यसैगरी तुलसीपुर–५ बसपार्क बस्ने ३३ बर्षीय सन्तोष भण्डारी, तुलसीपुर–६ रजौरा बस्ने ३८ बर्षीय चेतलाल भण्डारी र तुलसीपुर–१६ लालपुर बस्ने ३४ बर्षीय तिलकराम केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–९ अटोभिलेज स्थित राममाया घर्तिको घरमा अबैध रुपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार बेलुका सवा ६ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकासँगबाट २ गड्डी तास र नगद ३४ हजार ६ सय ५ रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस