२०८३ भाद्र १३ गते शनिवार

सिद्धिबिनायक फर्निचर उद्योगमा भएको आगलागीप्रति महासंघद्वारा दुख व्यक्त


दाङ, ३ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सिद्धिबिनायक फर्निचर उद्योगमा आइतबार दिउँसो भएको भीषण आगलागीप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष लालबहादुर केसीले विज्ञप्ति जारी गर्दै पीडित उद्योगीलाई तत्काल राहत दिलाउन तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसल नजिक रहेको उक्त उद्योगमा करिब दिउँसो ३ बजेतिर आगलागी भएको थियो। आगोले केही समयमा नै सम्पूर्ण फर्निचर, कच्चा पदार्थ र औजार जलेर नष्ट हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागी नियन्त्रणका लागि स्थानीय सरकार ,स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरी टोली सक्रिय भए पनि उद्योगको केही भाग पूर्णरूपमा जलेर खरानी भएको छ। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको बताइए छ ।

महासंघले यस्ता दुर्घटनाले उद्यमी र उद्योगीको जीवनयापन संकटमा पर्ने भएकाले सरकार र सरोकारवाला निकायलाई तत्काल सहयोगका उपाय अघि ल्याउन पनि आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस