२०८३ भाद्र १३ गते शनिवार

दाङमा कुलोमा बगेर एक बालिकाको मृत्यु

दाङ, २० साउन । दाङमा कुलोमा बगेर एक बालिकाको मृतयु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाका सुदेश बस्नेतकी २ वर्षीया छोरी शुस्माको कुलोमा बगेर मृत्यु भएको हो ।तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाका सुदेश बस्नेतीकी २ वर्षीया छोरी शुस्माको कुलोमा बगेर मृत्यु भएको हो ।

सोमबार बेलुका करिब साढे ५ बजेको समयमा घरको आगनमा खेल्दै गरेकी बालिका कुलोमा बगेकी हुन् ।

घाइते बालिकालाई बेलुका ६ बजेको समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर उपचार गरिएको थियो । बालिकाको अवस्था गम्भीर रहेकाले बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस