२०८३ जेष्ठ २४ गते आइतवार

फेरि आज बिहानैदेखि दाङ–सल्यान सडक अवरुद्ध

दाङ, २० साउन । लगातारको वर्षातका कारण पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड फेरि अवरुद्ध भएको छ । कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईका अनुसार दाङ–सल्यानको सिमाना नजिकै पहिरो खसेपछि आज बिहान ५ बजेदखि सडक पूर्णरुपमा सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाका कारण कपुरकोट–३ मा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । पहिरोले अहिले सवारीसाधनहरु बिचबाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालय दाङबाट जेसिबी आउन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस