२०८३ भाद्र १३ गते शनिवार

रोल्पामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

रोल्पा, ४ साउन । रोल्पामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । अबिरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा थवाङ गाउँपालिका वडा नं. ४ थापा खर्कका ७२ वर्षीय गोठे घर्ती मगरको मृत्यु भएको हो ।

भान्सामा बसिरहेको समयमा आइतबार बिहान ६ बजेतिर झरेको पहिरोले मगरलाई घरसहित बगाएको थियो । झन्डै १५ मिटर टाढा मगरको खुट्टा मात्रै देखिएको अवस्था रहेको र शव निकाल्ने प्रयास भइरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

बिहान ६ बजेतिर पहिलो झरेको भए पनि प्रहरीलाई भने बिहान साढे १० बजेतिर मात्रै स्थानीयले खबर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी सहायक निरीक्षक केशवराज बुढाथोकीको कमाण्डमा– ६ जना र इप्रका थवाङबाट प्रहरी सहायक निरीक्षक रामु पौडेलको कमाण्डमा–४ जनाको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय र जनप्रतिनिधिको सहयोगमा मगरको शब निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस