२०८३ भाद्र १३ गते शनिवार

आज र भोली देशका धेरै ठाउँमा वर्षाको संभावना

दाङ, ४ साउन । दाङ उपत्यकासहित आज र भोली देशका विभिन्न ठाउँमा वर्षाको संभावना छ । दाङ उपत्यकाको मौसम अहिले धुम्म परेको छ । गएराति पनि धेरै ठाउँमा पानी परेको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण आज पूर्वी नेपालदेखि लुम्बिनीसम्म र भोलि पश्चिमी नेपालमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज र भोलि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

नदीकिनार, होचा भाग र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन, तथा आज र भोलि विशेष गरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा नगर्न विज्ञले सुझाव दिएका छन् ।

देशका अरू ठाउँमा पानी परे पनि मधेश प्रदेशमा भने उल्लेखनीय वर्षा नहुने अनुमान छ । भोलि राति वा पर्सि मङ्कलवार बिहानदेखि देशभरको मौसम क्रमशः खुल्ने सम्भावना छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस