२०८३ भाद्र १३ गते शनिवार

मनसुनी वायुको प्रभाव : आज पनि केही भूभागमा भारी वर्षाको सम्भावना

दाङ, १ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस