२०८३ भाद्र १३ गते शनिवार

आज लुम्बिनी प्रदेशसहित केही ठाउँमा पानी पर्ने सम्भावना


दाङ, २१ असार । लुम्बिनी प्रदेशसहित केहि प्रदेशमा आज पनि भारी वर्षाको संभावना छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

त्यस्तै आजराति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

भोलि आइतवारसम्म मनसुन केही कमजोर हुने मौसमविद्ले बताएका छन् । केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् उज्जवल उपाध्यायले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस