२०८३ भाद्र ३ गते बुधवार

एनएमबि बैंक घोराहीद्वारा प्रतिष्ठानलाई पाँच थान कम्प्युटर सहयोग

दाङ, १५ असार । एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ ।

बैंक शाखा घोराहीका म्यानेजर रमेश रेग्मीले आइतबार प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. सुरेश रसाईलिलाई डेल कम्पनिको पाँच थान कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

प्रतिष्ठानको सुचना प्रविधीलाई बलियो बनाउदै मेडिकल रेकर्ड प्रणालिलाइ चुस्तदुरुस्त बनाउन कम्प्युटरले सहयोग पुर्याउने उपकुलपति डा. लामीछानेले बताउनुभयो । प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई व्यवस्थित बनाईने बताउनुभयो ।

प्रतिष्ठानको आईटिको विकासका लागि सहयोग गरेकोमा शाखा म्यानेजरसहित बैंक परिवारलाई उहाँले धन्यवाद दिनुभयो । सो अवसरमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. रसाईलिले अस्पतालका विभिन्न वार्डमा रहेका बिरामिहरुको प्रबिधीको सहयोगमा अभिलेखिकरण गरेर एकिकृत गर्न, डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

त्यस्तै बैंकका शाखा म्यानेजर रेग्मिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताउनुभयो । सो अवसरमा बैंकका लोन म्यानेजर कृष्णप्रसाद भट्टराई, सिएसडि मञ्जिला आत्रे्य, प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराई, आईटि अफिसर हिरालाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस