२०८३ भाद्र १३ गते शनिवार

लुम्बिनीसहित पश्चिम नेपालमा आज बेलुकादेखि ठुलो वर्षाको संभावना

दाङ, १४ असार । लुम्बिनीसहित पश्चिम नेपालमा आज बेलुका ठुलो वर्षाको संभावना रहेको छ । आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस