२०८३ भाद्र १३ गते शनिवार

पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध


सल्यान, ३० जेठ । निरन्तरको वर्षा विभिन्न ठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार बिहानदेखि नै राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कपुरकोट गाउँपालिका–३ को चोरखोला र दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री खण्डमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो ।

सल्यान–दाङ सिमानामा झरेको पहिरो हटाए पनि चोरखोलामा ठुलो पहिरो जाँदा सडक सञ्चालन हुन समय लाग्ने उहाँको भनाइ छ । बिहानैदेखि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेको सयौँ गाडी बिचबाटोमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस