२०८२ जेष्ठ २९ गते बिहिवार

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल


आज २०८२ साल जेठ २६ गते सोमबार जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ जुन ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष -सन्तान, प्रेम र सिर्जनशीलता सम्बन्धी कार्यमा सफलता दिन्छ। अध्यापन, कलाकौशल वा प्रेम सम्बन्धमा उन्नति देखिन्छ। तर, भावनामा बहकिन नदिनुहोस्।शुभ: विद्यार्थी र सर्जकहरूका लागि फाइदाजनक रहेको छ ।हतारमा निर्णय नलिनुहोस्।

वृष -चतुर्थ भावको चन्द्रले घरपरिवारसँग भावनात्मक नजिकिएको दिन बनाउँछ। घरमा सौन्दर्य, सजावट, जग्गा-घरसम्बन्धी विषयमा विचार गर्न सकिने दिन हो। मानसिक अशान्तिमा ध्यान दिनुहोस्।मानसिक तनाव बढ्नेछ ।

मिथुन -तपाईंलाई ऊर्जा, आत्मविश्वास र संचार क्षमता प्रदान गर्नेछ। लेखन, मिडिया, छोटो यात्रा वा भाइबहिनीसँग सम्बन्ध सुदृढ बन्ने समय हो।बोलिचाली, यात्राको सफलता हुनेछ ।
अहंकार नराख्नुहोला ।

कर्कट -धन, बोली र पारिवारिक सुखमा केन्द्रित दिन हो। आर्थिक अवसर मिल्न सक्छ, तर खर्च नियन्त्रण गर्नुहोस्। बोलिमा मिठास ल्याउनु लाभदायी हुनेछ।खर्च र वाणीमा संयम राख्नुहोला ।

सिंह -चन्द्रमा आज तपाईंको राशिमै रहेकोले आत्मविश्वास, स्फूर्ती, निर्णय क्षमता र आकर्षणमा वृद्धि हुनेछ। आफ्नो नेतृत्व क्षमता देखाउन सकिने समय हो, तर अहंकारमा नफसिनुहोस्।मुख्य विषय: आत्मबल/व्यक्तित्व बृद्दि हुनेछ ।

कन्या -द्वादश भावको चन्द्रले खर्च, आत्मनिरीक्षण र मानसिक विश्राममा जोड दिन्छ। विदेश यात्रा वा अध्यात्मप्रतिको आकर्षण बढ्नेछ। एकान्त चाहना र निद्रा कमी हुन सक्छ।साधना, सेवा, परोपकार मन लाग्नेछ।आर्थिक र मानसिक थकान बढ्नेछ ।

तुला -एकादश भावको चन्द्रमा इच्छापूर्ति, मित्रता र लाभदायी कार्यमा सक्रियता दिनेछ। पुराना साथीबाट सहयोग, समूहको काममा सफलता मिल्नेछ। सञ्जाल विस्तारको राम्रो समय हो।नेटवर्किङ र योजनाहरू सफल हुनेछन् ।
अत्यधिक आशा गर्ने बानिले दुख दिनेछ ।

वृश्चिक -दशम चन्द्रले कर्म, व्यवसाय वा प्रतिष्ठामा केन्द्रित दिन बनाउँछ। अफिस वा व्यवसायिक स्थानमा राम्रो छाप जमाउन सकिनेछ। तर, वरिष्ठहरूसँग बोल्दा विनम्र रहनुहोला। कर्म/व्यवसायमा पदोन्नति वा जिम्मेवारी प्राप्त होला ।अभिमानले काम बिगार्न सक्छ।

धनु -नवम चन्द्रमा भाग्य, धर्म, गुरु वा शिक्षा सम्बन्धी विषयमा राम्रो सफलता मिल्ने संकेत छ। धार्मिक रुचि बढ्नेछ। यात्राको राम्रो योग देखिन्छ।अध्ययन, तीर्थयात्राको लागि शुभ समय रहेको छ ।

मकर -अष्टम चन्द्रमा अप्रत्याशित परिवर्तन, गुप्तता र नोक्सानीको संकेत दिन्छ। ऋण, दुर्घटना वा अप्ठ्यारो अवस्थाबाट बच्न सजग रहनुहोस्। गोप्य कुरा सुरक्षित राख्नुहोला।

कुम्भ -साझेदारी, वैवाहिक सम्बन्ध र सहकार्यमा केन्द्रित हुन्छ। प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा समझदारी आवश्यक हुनेछ। व्यापारिक साझेदारी लाभदायक हुन सक्छ।

मीन – अाज स्वास्थ्य, ऋण वा प्रतिस्पर्धामा ध्यान दिनु पर्ने संकेत दिन्छ। चुनौतीहरूसँग जुझ्ने आत्मबल रहनेछ, तर शरीर थकित हुन सक्छ। पुराना समस्याबाट छुटकारा पाइनेछ। ध्यान गरेर दिनको सुरुवात् गर्नुहोस् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस