दाङ, २५ जेठ । तुलसीपुरमा स्कुटीले साइकल यात्रुलाई ठक्कर दिँदा एक १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । घाईते हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–३ घर भएका कमानसिङ बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य राना जानकारी दिनुभयो ।
दुर्घटना आइतबार साँझ पौने ५ बजे तुलसीपुर उपमहानगरपालिका–७, माताकुटी नजिकै भएको हो ।
श्रीगँैबाट तुलसीपुरतर्फ जादै गरेको रा ७ प २५९८ नम्बरको स्कुटीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट छ ।
गम्भिर घाइते बालकलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ । प्रहरीले स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ निवासी ३६ वर्षीय रुपेस डिसीलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार


