दाङ २४ जेठ । दाङको तुलसीपुरस्थित हिमाल एकेडेमी स्कुलले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको हो ।
विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा २ सय भन्दा बढीले लाभ लिएका छन् । शिविरमा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेशमान शेरचनको नेतृत्वको स्वास्थ्य चिकित्सकको टोलीले शिक्षक विद्यार्थी अभिभावकसहित सर्वसाधारणको समेत स्वास्थ्य परीक्षण गरेको हो ।
शिविरमा स्वास्थ्य चेक जाँच गरिएकामध्ये २४ बढी बिरामीलाई अस्पताल जान सिफारिस गरिएको छ ।
स्वास्थ्यमा जटिल अवस्था देखिएका बिरामीहरूलाई थप चेकजाँचका लागि स्वास्थ्य संस्था जान अनुरोध गरिएको हो ।
हिमाल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक मधुसुदन केसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
विद्यालयले विभिन्न समयमा रचनात्मक कामहरु गर्दै आएको र आगामी दिनमा पनि जनमुखी कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाइने उहाँको प्रतिबद्धता छ ।
विद्यालयले अभिभावक र विद्यार्थीहरूका लागि शिविर सञ्चालन गरेको भन्दै अभिभावकहरु खुसी व्यक्त गरेका छन् ।


