२०८२ असार ३ गते बुधवार

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

आज २०८२ साल जेठ २४ गते शनिबार जेठ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ जुन ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष-आत्मविश्वास बढ्नेछ, तर रिसले सानो झगडा ल्याउन सक्छनेछ ।परिवारको माया र साथले मन खुसी हुनेछ।व्यापारमा नयाँ योजना सोच्न सकिन्छ, तर हतार नगर्नु राम्रो हुन्छ। बैदेशिक कार्यको लागि उपर्युक्त दिन छैन ।

वृष-घरमा शान्ति र प्रेम बढ्नेछ। सानो प्रयासले ठूलो नतिजा दिने समय छ। बोल्दा नरम व्यवहार राख्नुस्, अरूको मन नदुखउनु होला ।साझेदारी व्यवसायमा विश्वास बढ्नेछ।

मिथुन-बोलचालमा आकर्षण रहनेछ। नजिकको मान्छेसँग सानो विवाद हुन सक्छ, तर समाधान सजिलो हुनेछ। योजना बनाउने समय राम्रो छ। विदेश जाने कुरा अझै पर्खनुपर्ने होला। व्यापार विस्तार सोच्न सकिन्छ।

कर्कट-मन शान्त र स्थिर हुनेछ। सिर्जनात्मक काममा सफलता मिल्नेछ ।प्रेम र परिवारमा मिठास बढ्नेछ। विदेशसम्बन्धी काम अघि बढ्ने सम्भावना छ। व्यापारमा नयाँ जोखिम नगर्नु राम्रो हुन्छ।

सिंह-आफ्नो निर्णयमा दृढता देखिनेछ, तर अरूलाई पनि सुन्ने मन बनाए राम्रो हुन्छ। सामाजिक काममा सक्रियता बढ्नेछ। विदेश यात्रा सम्भावना कम होला। व्यापारमा पाटनर्को सल्लाह लिए राम्रो हुन्छ।

कन्या-सल्लाह र साथ पाइनेछ। आत्मबल बढ्ने समय छ। निर्णयमा ढिलाइ भए पनि हानि हुँदेछैन ।विदेशका काम अघि बढ्नेछन्। व्यवसायमा खर्च बढ्न सक्छ, हिसाब मिलाउनु पर्छ।

तुला-बोलीले अरूलाई प्रभावित पार्ने दिन हुनेछ। मान–सम्मान बढ्नेछ । बिध्यार्थीका लागि दिन बिशेष हुनेछ ।व्यापारमा नयाँ अवसर आउँछ।

वृश्चिक-धेरै बोल्नुभन्दा काममा ध्यान दिनु राम्रो हुन्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। विदेशमा रहेका आफन्तबाट सहयोग मिल्नेछ। व्यापारमा नियमित गति रहनेछ।

धनु-दुविधा र अलमल हुने समय छ। तर विवेकले निर्णय लिनुपर्छ। शुभचिन्तकको साथ रहनेछ। व्यापारमा योजना परिवर्तनका सोच आउनेछन् ।

मकर-जिम्मेवारी बढ्नेछ, तर उपलब्धि पनि हुनेछ। संयमित व्यवहारले राम्रो नतिजा दिनेछ। विदेशसंग सम्बन्धित काम अघि बढ्नेछ। व्यापार विस्तारका योजना बन्नेछन्।

कुम्भ-व्यस्त भए पनि सन्तुष्टि मिल्नेछ। थकान महसुस हुन सक्छ। परिवारलाई समय दिन नसकिए पनि संवाद कायम राख्नुपर्नेछ ।विदेशमा रहेका आफन्तसँग सम्पर्क राम्रो हुनेछ।

मीन-मन भावुक हुनेछ ,तर व्यवहारिक बन्नु राम्रो हुन्छ। सृजनात्मक काममा सफलता मिल्नेछ। परिवारसँग सानो मतभेदले मन गाह्रो बनाउन सक्छनेछ ।व्यवसायमा सन्तुलन आवश्यक छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस