२०८२ जेष्ठ २९ गते बिहिवार

आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

दाङ, १९ जेठ । दाङ उपत्यकासहित देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ ।

अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस