२०८२ असार ८ गते सोमवार

मनसुन देशभरि फैलिन केही दिन लाग्ने : आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना


दाङ, १७ जेठ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । त्यस्तै कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा शुक्रबार मात्रै मनसुन भित्रिएको हो। यसको प्रभाव अहिले कोशी प्रदेश आसपास छ । मनसुन देशभरि फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । आज देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस