२०८२ असार ३ गते बुधवार

मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता तुलसीपुरमा हुने


दाङ, १५ जेठ । राष्ट्रिय युवा सङ्घ नेपाल, तुलसीपुर–५ ले ‘मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता भोलिदेखि तुलसीपुरमा सुरु गर्ने भएको छ । युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै सामाजिक विकृतिहरूबाट जोगाउने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम शुक्रबार बिहान साढे ८ बजे हुनेछ । जसको उद्घाटन निवर्तमान प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले गर्नुहुने राष्ट्रिय युवा सङ्घका तुलसीपुर–५ अध्यक्ष पारस मल्ल ठकुरीले बताउनुभयो ।

खुल्ला रुपमा आयोजना गरिएको यस प्रतियोगितामा हालसम्म दाङ जिल्लाका १८ टिमहरूले सहभागिता जनाइसकेका छन् । प्रतियोगितामा विजेताले ५०,००० रुपैयाँ, उपविजेताले २०,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

टिम दर्ता शुल्क ३,५०० रुपैयाँ तोकिएको छ भने हरेक खेलको म्यान अफ द म्याच लाई ५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस