२०८२ असार ३ गते बुधवार

दाङसहित देशका केही ठाउँमा रातिदेखि नै वर्षा : आज दिउँसो पनि पानी पर्ने सम्भावना


दाङ, १५ जेठ । दाङ उपत्यकासहित देशका केही ठाउँमा गएराति ठुलो पानी परेको छ । लुम्बिनी प्रदेश सहित देशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै ठाउँहरुमा र बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले पर्सि शनिवारसम्म पूर्वी भू–भागबाट मनसुन प्रवेश हुने प्रक्षेपण गरिसकेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस