२०८३ असार ७ गते आइतवार

कपुरकोटमा पूर्वबजेट छलफल कार्यक्रम


सल्यान, १२ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ को वार्षिक नीति कार्यक्रमका लागि पूर्व बजेट छलफल कार्यक्रम शुरु गरेको छ ।

‘कृषि, पर्यटन र पूर्वाधार—कपुरकोट गाउँपालिकाको विकासको आधार’ भन्ने मुल नारासहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र विकास योजना तर्जुमा सन्दर्भमा आयोजित पूर्वबजेट छलफल कार्यक्रम शुरु भएको हो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, ६ वटै वडाका वडा अध्यक्षहरू, जननिर्वाचित प्रतिनिधिहरू तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकका प्राथमिक आवश्यकतामा आधारित भएर बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, सिंचाइ, विद्युत, महिला तथा बालबालिका, अपांगता र पालिकाले प्रवाह गर्ने सेवासुविधा सम्बन्धी विषयमा सेवाग्राहीहरूले मुख्य सरोकारका बुँदाहरू उठाएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस