२०८३ भाद्र १३ गते शनिवार

घोराही–तुलसीपुर चारलेन सडक ठेक्का सम्झौता अझै अनिश्चित


दाङ १२ जेठ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का सम्झौता अझै अनिश्चित छ । चालु वर्षमै चारलेन सडक बनाउन सुरु गरिने भनिएपनि यो परियोजना अझै पनि अनिश्चित छ ।

तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा भारतको मुवईको तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्टले कामको ठेक्का लिए पनि यहाँका पेटि ठेकेदारहरूले काम सम्पन्न गर्न विभिन्न समस्या देखाएपछि तत्कालीन अवस्थामा तथ्य इन्जिनियरिङसँगको ठेक्का नेपाल सरकारले तोडेको थियो ।

मदन भण्डारी सडक आयोजनाले चालु आर्थिक वर्षमा घोराही–तुलसीपुर सडक स्तरोन्नतिलाई कुनै पनि बजेट विनियोजन नभएको जनाएको छ । परियोजनाका प्रमुख दिप बाराहीले आगामी आर्थिक वर्षमा मात्र उक्त सडकका स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनामा निर्माण व्यावसायीहरूको पनि चलखेल हुने गरेको छ । यसमा राजनीतिक नेताको पनि प्रत्यक्ष एवम् परोक्ष स्वार्थ जोडिँदा यी आयोजना ओझेलमा पर्ने गरेका पनि छन् ।

तर, प्रधानमन्त्री स्वयमले बोलेको यो परियोजनामा यस्तै चलखेलले ढिलासुस्ती हुने होकि भन्नेमा आम नागरिकले चिन्ता र चासो व्यक्त गरेका छन् ।-गोरक्ष दैनिकमा खेमराज रिजालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस