२०८२ जेष्ठ २९ गते बिहिवार

आज बिहानदैखि हावाहुरीसहितको वर्षा

दाङ, ७ जेठ । दाङ उपत्यकासहित सल्यान, रोल्पा, नेपालगञ्ज लगायत देशका विभिन्न स्थानहरूमा आज बिहानैदेखि हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको छ, जसका कारण यस्तो मौसमी अवस्था देखिएको हो ।

विशेषगरी दाङ उपत्यकासहित देशका अधिकांश भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा पनि हावाहुरीको सम्भावना रहेको छ ।

मौसमविद्हरूले आगामी केही दिनसम्म पनि देशका विभिन्न स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा जारी रहने सम्भावना रहेको बताएका छन्।

चट्याङ, हावाहुरी र भारी वर्षाका कारण जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । आवश्यक नपरेसम्म घरबाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र मौसम अपडेटहरू नियमित रूपमा अनुगमन गर्न सुझाव दिइएको छ ।

नेपालमा अझै तीन दिन वर्षाको संभावना छ । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस